समाचार

पूर्व महान्यायाधीवक्ता हरि फुँयाल अस्पताल भर्ना - अाेलीले अस्पताल पुगेर भेटे

पूर्व महान्यायाधीवक्ता हरि फुँयाल अस्पताल भर्ना - अाेलीले अस्पताल पुगेर भेटे
kp oli भदौ - ४ । सवारी दुर्घटनामा परेका पूर्व महान्यायाधीवक्ता हरि फुँयालको अस्पतालमा उपचार भइहेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा अाेली अस्पतालमा पुगी फुँयालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकाछन् । साथै प्रति शिध्र स्वास्थ्य लाभकाे कामना व्यक्त गरेका छन् । फुँयाल, उनकी श्रीमती अन्जु सहित चार घाइतेहरुको राजधानीस्थित नर्भिक अस्पतालमा उपचार चलरिहेको हो । फुँयालको आईसियुमा उपचार भईरहेको छ । उनका दाजु चुडामणिका अनुसार चिकित्सकले खतरामुक्त रहेको बताएको बताएका छन् । झापाबाट काठमाडौं फर्कदै गर्दा ४ भदौ विहान ढल्केवरमा उनको निजी गाडी गाडी ढुंगामा ठोक्किएर दुर्घटनामा परेको थियो । ढल्केबरमा दुर्घटनामा परेपछि घाइतेहरुलाई जनकपुरबाट विमानमा काठमाडौं ल्याइएको हो । https://twitter.com/kpsharmaoli/status/766951497733017600  

KP Sharma Oli