समाचार

आफ्नै बाबुको हत्या पछि छोरा फरार

आफ्नै बाबुको हत्या पछि छोरा फरार

भदौ ४ । दाङमा शुक्रबार साँझ एक युवकले आफ्नै बाबुको धारिलो हतियार प्रयोग गरी हत्या गरेको छ ।

दाङको हाँसीपुर गाविस वडा नं. २ गोख्ले निवासी २६ वर्षीय हसन मियाँले ५५ वर्षीय बाबु अमिन मियाँको धारिलो हतियार र दाउराले आक्रमण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको हो ।

हसनले बाबु अमिनलाई धारिलो हतियारले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको र हत्यापछि हसन फरार रहेकोले उनको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ । स्थानीयले बाबुको हत्या गर्ने हसनको मानसिक सन्तुलन ठीक नभएको भन्ने जानकारी प्रहरीलाई दिइएको जनाइएको छ ।

babuko hatya dang