मनोरञ्जन

बलात्कारको सिकार भएका बलिउड कलाकारहरु

बलात्कारको सिकार भएका बलिउड कलाकारहरु

एजेन्सी ।  तपाईले अहिलेसम्म बलात्कारका धेरै खबर सुन्नु भएको तथा पढ्नुभएको होला, तर के तपाईले बलिउडमा बलात्कारका सिकार भएका कलाकारहरुको बारेमा सुन्नुभएको छ । बलिउडका चर्चित कलाकारहरु पनि बलात्कारका सिकार भएका छन् । बलिउडका अभिनेत्री, अभिनेता, फिल्म मेकर समेत बलात्कार जस्तो घृणित अपराधका सिकार बनेका छन् । बलिउडमा बलात्कारका सिकार भएका कलाकारहरु यसप्रकार छन् ।

कल्कि कोएच्लिन

‘जिन्दगी न मिलेगी दोबारा’, ‘ये जवानी हे दिवानी’, जस्ता हिट फिल्ममा अभिनय गरिसकेकी कल्किले विभिन्न अन्तर्वातामा आफू बाल्यकालमा यौन शोषणमा परेको बताएकी छिन् । यस बाहेक उनले अरु केही भनेकी छैनन् । उनी यो कुरालाई कसैसँग यो कुरा सेयर गर्न चाहदिनन् ।

सोफिया हयात

आफ्नो बोल्ड सीनका कारण बलिउड फिल्म उद्योगमा विख्यात अभिनेत्री तथा मोडल सोफिया हयातले पनि एक अन्तर्वार्तामा यस्तै शोषण सम्बन्धी जानकारी दिएकी थिइन् । उनले अन्तर्वातामा भनेकी थिइन् जब उनी सानी थिइन् उनको एकजना काकाले उनलाई बलात्कार गरेको थियो । जतिबेला उनको उमेर १० वर्ष मात्र थियो ।

अनुष्का शंकर

चर्चित सितार वादक रवि शंकरका छोरी अनुष्का शंकर जो उनी पनि एक चर्चित सितार बादक हुन् । उनले पनि खुलासा गरेकी छन् की उनले पनि बाल्यकालमा यौन शोषणको सामना गर्नु परेको थियो ।

सोमी अली

अभिनेता सलमान खानकी एक्स गर्लफ्रेंड तथा बलिउड अभिनेत्री सोमी अली पनि यौन शोषणको सिकार हुनु परेको बताएकी छन् । पाँच वर्षको उमेरमा उनीमाथि यौन शोषण भएको थियो । यो घटना उनले संयुक्त राष्ट्रसङ्घको विश्वविद्यालयमा यस्तो घटना बताउन लाज महसुस नगर्न कार्यक्रममा बताएकी थिइन् ।

निकिता गोखले

आफ्नो बोल्ड फोटोका कारण बलिउड र हलिउडमा छुट्टै पहिचान बनाउन सफल महाराष्ट्रका मोडल निकिता गोखलेले पनि एक अन्तर्वातामा उनी १४ वर्षको उमेरमा आप्mनो शिक्षकले बलात्कार गरेर तस्बीर समेत खिचेको बताएका छन् ।

अनुराग कश्यप

प्रसिद्ध फिल्म मेकर अनुराग कश्यप माथि पनि बाल्यकालमा यौन शोषण भएको बताएका छन् । ११ वर्षसम्म उनको यौन शोषण भएको बताएका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन् की उनले यो कुरालाई नराम्रो सपना सम्झेर भुलेका छन् ।

balatkar
ADVERTISEMENT