अपराध सुरक्षा समाचार

भारतीय बोलेरोको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

भारतीय बोलेरोको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

Indian भदौ ३ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार–७ स्थित पुरानो चोहर्वामा बिहीबार साँझ भारतीय नम्बरको बोलेरो जिपको ठक्करबाट मोटरसाइकलमा सवार एक वृद्धको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर ७ पिए ६७७९ नंको भारतीय बोलेरो जिपले स ६ प ५२७ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार गोलबजार नगरपालिका–७ निवासी ७० वर्षीय चौधरी महतोको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते महतोलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय अमलेशकुमार महतो पनि घाइते भएको र उनको विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

Durghatana
ADVERTISEMENT