ताजा खबर विदेश समाचार

भारतीय प्रधानमन्त्री मोदीले नेपालीचेलीबाट राँखी बाँधे

भारतीय प्रधानमन्त्री मोदीले नेपालीचेलीबाट राँखी बाँधे

Modi भदौ ३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी (रक्षा बन्धन) लगाएका छन् । आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीति गुरुङ र मीनाक्षीको हातबाट राखी बाँधेका हुन् ।

Rakho

उनीहरूले मोदीलाई राखी बााध्ने कार्यक्रम तय भएको थियो । तर, त्यहाँ अन्य नेताहरू पनि रहेका कारण उनीहरूले समेत नेपाली चेलीको हातबाट राखी बाँधेका छन् । भाजपा कार्यालयका अनुसार अध्यक्ष अमित साह, नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी, राजनाथ सिंहलगायतले पनि नेपाली चेलीको हातबाट राखी बाधेका थिए ।

Narendra modi
ADVERTISEMENT