स्वास्थ्य

भाइरस अन्य समय भन्दा बिहानको समयमा १० गुणा सक्रिय हुने

भाइरस अन्य समय भन्दा बिहानको समयमा १० गुणा सक्रिय हुने
virousभदौ २ । भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रीय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ । भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्र्भिसटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ । रात्री सिफ्ट्मा काम गर्दा र विमानमा लामो समय यात्रा गर्दा शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख छ । अध्ययनले भाइरसको महामारी रोक्न एउटा नयाँ उपाय प्रदान गर्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । अध्ययन अनुसार विहान इन्फ्लुयन्जा संक्रमित मुसा साँझ संक्रमित भएको भन्दा १० गुणा भाइरलको मात्रा बिहान देखिएको थियो । ‘यो निकै ठूलो अन्तर हो,’ अध्ययन टोली सदस्य अखिलेश रेड्डीले भने । उनले भने ‘भाइरसलाई पनि संक्रमण गर्न उचित समय चाहिँदो रहेछ । नत्र भने ऊ गतिशिल हुन सक्दो रहेनछ । तर सानो भन्दा सानो संक्रमण बिहान सक्रीय हुन्छ र बिहान भाइरसले शरिरलाई छिट्टै नियन्त्रणमा लिन्छ ।’ ‘महामारी भएको क्षेत्रमा बिहान भन्दा दिउसो बस्दा संक्रमणको खतरा घट्ने र मृत्युबाट बच्न सकिन्छ ।’ उनले भने । जनावरहरुको जैबिक घडी परिवर्तनको अर्थ शरिरले भाइरस संक्रमणका लागि प्रोत्साहन गर्नु वा निम्तो दिनु भएको अध्ययनले देखाएको छ । अध्ययन समूहका अर्का वैज्ञानिक र्याचल इडगार भन्छन्, ‘सिफ्टमा राती काम गर्नेको शरिरको जैविक घडी बिथोलिएको हुन्छ । उनीहरुलाई भाइरल रोगको जोखिम बढ्छ । अनुसन्धानकर्ताले अध्ययनमा केबल दुई ओटा भाइरसको प्रयोग गरेका थिए ।

Health Virus