विचित्र विश्व

लाससँग बास बस्ने समुदाय !

लाससँग बास बस्ने समुदाय !
photo

एजेन्सी–सामान्यतय धेरै समुदायमा मरिसकेको लाश धेरै समयसम्म राख्ने प्रचलन छैन । आफ्नो धर्म र मूल्य मान्यता अनुसार जति सक्दो चाँडो दाहसंस्कार गरिन्छ । तर प्रशान्त महासागरमा पर्ने द्वीपमा एक जनजाती समुदायका मानिसहरु सदस्य वर्षौँअघि मृत्यु भएका आफ्ना पूर्वजका शवसगँ बस्ने गर्दछन् । मृत्यु भएका पूर्वजका शवमा धुवाँ लगाएर ममीमा परिणत गर्छन् र वर्षौँसम्म सुरक्षित राख्छन् । पश्चिम पपुवाको वामेना क्षेत्रमा बसोबास गर्ने दानी समुदायमा वषैँ पुराना ममी प्रशस्तै छन् ।

यी ममी अघिल्लो पुस्ताहरुबाट हस्तान्तरण हुदैँ आएका हुन् । समाचारमा जनाइए अनुसार अहिले शवलाई ममीमा परिणत गर्ने क्रम रोकिएको छ । तर, पहिले नै बनेका ममीलाई आगामी पुस्तामा हस्तान्तरण गर्दै लैजाने क्रम भने जारी छ । पुर्खाप्रति आस्था राख्ने यस समुदायले ममीको पूजाअर्चना गर्ने गरेको छ । पुर्खाको ममी साथ राख्ने परिवारमा अनिष्ट नआउने मान्यता यहाँ रहेकाले यस क्षेत्रका हरेक परिवार पुर्खाको ममी राख्न लालायित हुने गर्छन् ।

Mummy
ADVERTISEMENT