खेल

भारतले ओलम्पिकमा जित्यो पहिलो पदक

भारतले ओलम्पिकमा जित्यो पहिलो पदक

sakshi_malik

भदौ २ । भारतले रियो ओलम्पिकमा पहिलो पटक जितेको छ । साक्षी मलिकले कुस्तीमा भारतका लागि काश्य पदक जितेकी हुन् । फ्रिस्टाईल कुस्तीको ५८ किलोग्राम तौल समुहमा उनले किर्गिस्तानकी खेलाडिलाई ८–५ स्कोरमा पराजित गर्दै भारतका लागि पहिलो पदक दिलाएकी हुन् ।

भारतीय महिला कुस्तीवाजले ओलम्पिकमा पदक जितेको यो नै पहिलो पटक हो । यसैबीच, रियो ओलम्पिकमा चार दिनको मात्र खेल बाँकी हुँदा २ सय १७ वटा स्वर्णको टुंगो लागेको छ । १२ औं दिनको खेलको समाप्तिमा ५४ राष्ट्रले स्वर्ण जितेका छन् भने कूल ८० राष्ट्रले आफ्नो नाममा पदक लेखाएका छन् ।

India Olampics