खेल

रियो ओलम्पिकमा पुरुष फुटबलको उपाधिका लागि आयोजक ब्राजिल र जर्मनी भिड्ने

रियो ओलम्पिकमा पुरुष फुटबलको उपाधिका लागि आयोजक ब्राजिल र जर्मनी भिड्ने

Rio भदौ २ । ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको उपाधिका लागि आयोजक ब्राजिल र जर्मनी भिडने भएका छन् । बुधबार राति भएको खेलमा नाइजेरियालाई २–० ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो ।

साओ पाउलोमा भएको खेलमा जर्मनीको जितमा लुकास क्लस्टरमेन र निल्स पिटरसनले एक एक गोल गरे । खेलको नवौं मिनेटमानै लुकासले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए। खेल कसिन १ मिनेट बाँकी हरेको अवस्थामा निल्सले गोल गर्दै जर्मनीको जित निश्चित गरे । यसअघि ब्राजिल होन्डुरसलाई ६–० गोल अन्तरले हराउंदै फाइनलमा पुगेको छ । यी दुई बिचको फाइनल खेल शनिबार हुनेछ ।

Rio Olampics