अभिलेख

यी हुन् नेपालका भाग्यमानी जसको एक तलब करोड भन्दा बढी छ

यी हुन् नेपालका भाग्यमानी जसको एक तलब करोड भन्दा बढी छ

jasko-talab-karod-vanda-mathi-nepalaaja

वरीयताक्रममा मुलुकको सबैभन्दा ठुलो को रु सहजै उत्तर हो– राष्ट्रपति । त्यसो भए धेरै तलब खाने को त रु यसमा पनि लाग्न सक्छ राष्ट्रपति, प्रधानमन्त्री । यस्तो अनुमान लगाउनु भएको छ भने गलत हुनेछ । मुलुकको कार्यकारी पदमा बस्ने भन्दा बैंकको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृतले धेरै तलब लिने गरेका छन् । पद, शक्ति, सम्मानका हिसाबले राजनीतिक व्यक्तिलाई तलबसँग तुलना गर्दा राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्रीभन्दा धेरै तलब खानेमा वाणिज्य बैंकका सीइओ पर्दछन् राष्ट्रपतिको तलब मासिक एकलाख ५० हजार ४ सय ५० रुपैयाँ छ त्यसो भए बैंकरहरुको तलब कति होला रु मासिक ५० हजार एक लाख दुइलाख वा ५ लाख रुपैयाँ रु यो अनुमान गलत हुन्छ ।

तपाईलाई आश्चर्य लाग्न सक्छ । राष्ट्रपतिको भन्दा धेरै गुणा तलब खान्छन बैंकका सीइओहरु । एक बैंकर भन्छन् जसको तलब मासिक साढे १६ लाख रुपैया छ । यो तलब एनआइसी एसियाका सिइओको हो । नेपाल राष्ट्र बैंकमा वाणिज्य बैंकले बुझाएको कर्मचारीको तलब र सीइओको वार्षिक तलब विवरण अनुसार वार्षिक एक करोड भन्दा बढी तलब खाने सीइओ १० भन्दा बढी रहेका छन् ।

तलब बाहेक बैंकरहरुले बैठक भत्ता, गाडी, आवाससहित अन्य विभिन्न सुविधासमेत पाउने गरेका छन् । बैंकका उच्च कमचारीको तलब धेरै भए पनि तल्लो तहका कर्मचारीको तलबमा श्रम शोषणसमेत गर्ने गरेको बैंकका कर्मचारी बताउंछन् । पछिल्लो समय बैंक आकर्षक जागिरको गन्तब्य बन्दै गएको छ । निजी क्षेत्रको भरपर्दो करिअर बनाउने थलो बैंकलाई बनाउने गरेका छन् । सबै भन्दा बढी तलब हिमालय बैंकले ९० करोड ८३ लाख, नविल बैंकले ७७ करोड ३५ लाग रकम विनियोजन गरेका छन् । वाणिज्य बैंकहरुले वार्षिक करिब १९ अर्ब ८३ करोड रुपैया कर्मचारीलाई खर्च गर्ने गरेको छ ।

साप्ताहिक

Nepali Bank