मनोरञ्जन

कलाकार बसुन्धरा भुसालले सईको हात च्याप्पै समाएपछि यतिसम्म भएछ

कलाकार बसुन्धरा भुसालले सईको हात च्याप्पै समाएपछि यतिसम्म भएछ

basundhara-bhusal

अञ्जानमै कलाकारिता क्षेत्रमा लागियो । सात बर्षकी हुँदा २०१४ सालमा भुवन थापा दिदीको पछि लागेर रंगमञ्चमा काम गर्ने मौका पाएँ । त्योभन्दा पहिला यसो नाचगान गर्न रुचाउँथे । पहिलो पटक ‘हात काट्यो बरै चालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले’ बोलको गीतमा स्टेजमा नाचेकी थिएँ । २०१८ सालमा जनकविकेशरी धर्मराज थापाको नेतृत्वमा भुवन दिदी, सुभद्रा अधिकारी दिदीहरुसँग नेपाल कला केन्द्रमार्फत पूर्वपश्चिम राजमार्गका लागि चन्दा उठाउन हिँडियो । त्यही वर्ष भुवन दिदीसँग डोलामैयाँ नाटक खेलेँ । नाचगान, अभिनय सबै अञ्जानमै गरियो । त्यसपछि २०२१ मा नेपालको पहिलो चलचित्र आमा मा काम गर्न पाएँ ।

राजा महेन्द्रको जन्मदिनमा पुलिस क्लब गयौँ । एकजना पुलिससँग नाच्नुपर्छ भनियो । मेरा लागि ठूलो कुरा थिएन । सई चेतनारायण भुसालसँग ‘तिमी आउने बाटो, दियालोको साटो, दुबै आँखा खोलेर’ बोलको गीतमा नाचियो । उहाँ लजाएजस्तो लाग्यो । जेन्टल हुनुहुन्थ्यो । मैले त च्याप्पै समाइदिएँ । क्या हो भुसाल साप, लाज लाग्यो ? भनिदिएँ । त्यसपछि एकअर्कालाई मन पराउन थाल्यौँ । यो कुरा एसपी डीबी लामाले थाहा पाउनुभएछ । उहाँ मेरो धर्मदाइ हुनुहुन्थ्यो । उहाँले हामी दुबैसँग स्पष्टीकरण लिइसकेपछि २०२४ सालमा बिहे गराएर मलाई सिंह ठकुरीबाट भुसाल बनाइदिनुभयो ।

बिहेपछि झन् खुलेर कलाकारितामा लाग्न पाएँ । श्रीमानकै साथ सहयोगले यहाँ पुगेकी हुँ । बिहेअघि त धेरै दुःख, पीडा, आँधीबेहरी बेहोरियो । बुबामुमाको गाली, सिस्नुपानी, कुटाइको गिन्ती छैन । समाजले सक्ने जति कुरा काट्यो । एकदिन कहिल्यै बिर्सन्नँ । सुटिङ सेकर रातको ९ बजेतिर घर पुगेँ । ढोकाअगाडि पुगेकी मलाई बुबाले माथिबाट एक गाग्री चिसो पानी खन्याइदिनुभयो । पुसको बेला । चिसो पानीले निथ्रुक्क भएँ । पछि माइली दिदीले ढोका खोल्ने बेला म दाँत किटिरहेको थिएँ । शुक्रबारबाट

Basundhara Bhusal
ADVERTISEMENT