खेल ताजा खबर

स्पेनिस सुपरकपको उपाधि वार्सिलोनालाई

स्पेनिस सुपरकपको उपाधि वार्सिलोनालाई

Barsa

भदौ २ । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । ला लिगा च्याम्पियन बार्सिलोनाले बिहीबार बिहान भएको दोस्रो लेगमा सेभिल्लालाई ३–० ले हराएर समग्रमा ५–० को जितसहित बार्सिलोनाले यो सिजनको पहिलो उपाधि जितेको हो । नाउ क्याम्पमा भएको खेलमा लियोनल मेस्सीको पासमा तुरान स्लोटेडले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।

Basrcas

बार्सिलोनाका गोलरक्षक क्लाउडियो ब्राभोले सेभिल्लाका भिसेन्ट इबोर्राको पेनाल्टी प्रहार बचाए । बार्सिलोनाका सामुएल उमटिटीले ह्याण्ड गरेपछि सेभिल्लाले पेनाल्टी पाएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाका तुरानले दोस्रो हाफको सुरुमै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । मेस्सीले हेडमार्फत गोल गरेपछि बार्सिलोनाको ३–० को जित निश्चित भयो । बार्सिलोनाले यसअघि सन् २०१३ मा सुपर कपको उपाधि जितेको थियो ।

Super cup