अपराध सुरक्षा

गायक अनिल सिंह प्रहरीको खोरमा

गायक अनिल सिंह प्रहरीको खोरमा

Anil sigh भदौ २ । गायक अनिल सिंहलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । अत्याधिक मादकपदार्थ सेवन गरेर घरमा झगडा गरेको खबर आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महानगरिय प्रहरी वृत्त, कमलपोखरीको प्रहरी टोलीले उनलाई डिल्लीबजार घर अगाडी हो हल्ला गर्दै झगडा गरिरहेको अवस्थामा बेलुकी साँढे ९ बजे पक्राउ गरेको थियो । उनलाई मंगलबार रातभर कमलपोखरी वृत्तले नियन्त्रणमा लिएको थियो । बुधबार बिहान गायक सिंहको परिवारका सदस्य आएपछि ’अब आइन्दा यसो गर्दिन’ भनेपछि प्रहरीले सिंहलाई परिवारको जिम्मा लगाएको व्रहरी वृत्त कमलपोखरीले जनाएको छ ।

Anil SIngh