प्रविधि

भिडियो च्याट एपहरुलाई टक्कर दिन गुगलको ‘डुओ’ सार्वजनिक (भिडियाेसहित)

भिडियो च्याट एपहरुलाई टक्कर दिन गुगलको ‘डुओ’ सार्वजनिक (भिडियाेसहित)
भदौ – १ । गुगलले नयाँ भिडियो च्याट एप्लिकेसन ‘डुओ’ सार्वजनिक गरेको छ । Google यसमा कसले कल गरिरहेको भन्ने दृश्य देखिने हुँदा प्रयोगकर्तालाई भिडियो कल लिने वा नलिने निर्णय लिन सजिलो हुने बताइएको छ । गुगलले यो फिचरलाई ‘नक नक’ नाम दिएको छ । खास्सै अरु एप भन्दा फरक नभए पनि यो एप फेसटाइम, स्काइप र मेसेन्जरलाई टक्कर दिनका लागि लञ्च गरिएको बताइएको छ । डुओमा पनि अन्य एप जस्तै कुनै व्यक्तिको फोन नम्बर भए मात्र एक अर्कासँग सम्पर्क गर्न सकिनेछ । अन्य भिडियो च्याट सेवा लिन भने दई व्यक्तिले एकाउन्ट लग इन गरेको हुनुपर्छ । डुओ सहज र विश्वसनीय भएको कम्पनीले बताएको छ । केही दिनमा यो विश्वभर उपलब्ध हुने बताइएको छ ।

Facebook Google Video Chat