प्रविधि

कम्प्यूटरको मनिटरमा डिस्प्ले आएन चिन्ता नगर्नुहोस यस्तो भएको हुन सक्छ

कम्प्यूटरको मनिटरमा डिस्प्ले आएन चिन्ता नगर्नुहोस यस्तो भएको हुन सक्छ

 भदौ १ । कम्प्युटर प्रयोग गर्ने क्रममा कहिलेकाही सामान्य कारणले पनि ठूलै समस्या निम्तिन सक्छ । कप्युटरमा देखिने कतिपय यस्ता समस्याको समाधान हामी घरमै सजिलो तरिकाले पनि गर्न सक्छौ । कम्प्युटर प्रयोगकर्ताले सामना गर्ने समस्याहरूमध्ये डिस्प्ले नदेखिने पनि एक हो । हामीले गर्ने साधारण हेलचेक्र्याइा तथा असावधानीले यस्तो समस्या देखिन सक्छ ।

कम्प्युटरमा डिस्प्ले नदेखिने कारण तथा समाधानको उपायबारे जान्न चाहनु हुन्छ । मनिटरमा डिस्प्ले नदेखिएमा कम्प्युटर र मनिटरमा इलेक्ट्रिक लाइन आएको छरछैन चेक गर्ने । मनिटरको लाइन सिपियूमा कनेक्ट नहुँदा पनि डिस्प्ले देखिँदैन । कुनै कम्प्युटरमा दुई–तीनवटा डिस्प्ले पोर्ट हुन्छ । जस्तै– ग्राफिक्स कार्ड, भिजिए पोर्ट छ भने ग्राफिक्स कार्डको पोर्टमा मनिटरको लाइन जोड्नुपर्छ । कम्प्युटर अन गर्दा ‘स्ट्याटस विन्डो डिस्प्ले देखाउँछ’ भने मनिटर ठीक छ भन्ने बुझिन्छ । यस्तो डिस्प्ले नदेखाउँदा मनिटरको मेनु बटन, पावर बटन एकपटक थिच्ने । यो थिच्दा अब ‘स्ट्याटस विन्डो डिस्प्ले’ देखायो भने मनिटरमा समस्या छैन र भिडियो केवल, सिपियूमा समस्या छ भन्ने बुझिन्छ ।

मनिटरको ब्राइटनेस, कन्ट्रयान्स लेभल पनि चेक गर्नुपर्छ । स्क्रिन डार्क भएको वेला डिस्प्ले नदेखिएको पनि हुन सक्छ । स्क्रिन सेभर वा स्लिप मोडमा गएको छ भने पनि डिस्प्ले नदेखिन सक्छ । यस्तो वेलामा माउस चलाएर वा किबोर्डमा जुनसुकै की थिचेर हेर्न सकिन्छ ।

Computer display