अपराध सुरक्षा स्वास्थ्य

यस्तो अवस्थामा मात्र गर्भपतन गराउन सकिन्छ, अन्यथा जेल जानुपर्ला है

यस्तो अवस्थामा मात्र गर्भपतन गराउन सकिन्छ, अन्यथा जेल जानुपर्ला है

 गर्भको भ्रुणलाई महिना पुगेपछि जन्मनुभन्दा पहिले नै तुहाउने वा फाल्ने कार्यलाई गर्भपतन भनिन्छ । गर्भपतनमा गर्भको भ्रुणलाई कृत्रिम तरिका प्रयोग गरी योनी मार्गबाट निकालिन्छ ।

२० हप्ता भन्दा अगावै आफै वा दुर्घटनाको कारणबाट गर्भ जान्छ भने त्यसलाई प्राकृतिक गर्भपतन भनिन्छ र सोही समयमा गर्भ कुनै साधन प्रयोग गरी गर्भपतन गराएमा त्यसलाई अप्राकृतिक गर्भपतन भनिन्छ । किन गराइन्छ गर्भपतन गर्भपतन भन्ने बित्तिक्कै सुरक्षित पनि जोडिएर आउँछ ।

किनकि गर्भपतन असुरक्षित भयो भने मान्छेको ज्यान जान्छ र असरक्षित गर्भपतनका कारण धेरै महिलाहरुको अकाल मै ज्यान गएका समाचारहरु पनि बेला बेलामा सार्वजनिक भएका छन् । त्यसैले सुरक्षित गर्भपतनका लागि गर्भपतन सम्बन्धित विशेष तालिम लिएका स्वास्थ्यकर्मीबाट सुरक्षित गर्भपतन गर्ने अनुमति सरकारबाट नै प्राप्त गरेको संस्था वा अस्पतालमा गर्नुपर्ने हुन्छ । अति गोप्यरुपमा गर्भपतन गराउने उद्देश्यले गर्दा एक त ज्यान जान सक्छ भने पैसा खर्च पनि धेरै नै गर्नुपर्ने हुन्छ । जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ भएमा अन्यथा अरु अवस्थाका अनइच्छित गर्भ १२ हप्ता ननाघेको गर्भपतन गराउन सकिन्छ ।

सम्बन्धित गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा पर्ने अवस्थामा चिकित्सकको रायले जहिलेसुकै पनि गर्भपतन गर्न सकिन्छ । बिकलाङ्ग बच्चा जन्मन सक्ने अवस्थामा चिकित्सकको रायले जहिलेसुकै समयमा गर्भपतन गर्न सकिन्छ । असुरक्षि यौनसम्पर्क भई सामाजिक आर्थिक वा कुनै प्रतिकुल अवस्था आउने सम्भावना भएमा त्यस्तो अनिच्छित गर्भलाई निरन्तरता दिन नसकिने ठहर गरी गर्भवती स्वयंको राजीखुसीले गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ ।

कानुनी बन्देज गर्भवती महिलाको स्वीकृतिबिना (दवाब, धाक, धम्की, प्रलोभन दिई वा झुक्याई) गर्भपतन गर्न पाइँदैन । भ्रुणको लिङ्ग पहिचान गरी लिङ्गका आधारमा गर्भपतन गराउन पाइँदैन ।

हाम्रो समाजमा महिला हिंसा भएकाले र पुरुष प्रधान समाज भएकाले गर्भमा छोरी भएको थाहा पाएपछि गर्भपतन गराइएको पाइन्छ । यो सामाजिक अपराध हो । त्यसैले यो अवस्थामा गर्भपतन गराउने र गर्ने दुवैलाई कानुनी कारवाही हुने व्यवस्था छ । गर्भपतन गर्न कानुनले तोकेको गर्भको अवधि र स्वास्थ्य अवस्था बाहेक अन्य अवस्थामा गर्भपतन गराएमा पनि कानुनी कारवाहीको भागीदार हुनुपर्छ । असुरक्षित गर्भपतन तोकिएको ठाउँबाट तालिम प्राप्त भई अनुमति पत्र समेत (प्रमाण पत्र) नपाएका नलिएका व्यक्तिले कानुनी रुपमा अनुमति पत्र प्राप्त भएको संस्थामा तोकिएको प्रक्रिया पूरा नगरी, प्रचलित कानुनभन्दा बाहिर गएर गरिने सबै किसिमका गर्भपतन असुरक्षित गर्भपतन हो ।

अरु सम्बन्धित महिलाको स्वास्थ्यमा असर पर्ने गरी गराइएको गर्भपतनलाई जोखिमपूर्ण असुरक्षित गर्भपतन भनिन्छ । गाउँघरमा सुँडेनी वा अन्य तालिम नपाएका स्वास्थकर्मीबाट गरिने गर्भपतनलाई पनि असुरक्षित गर्भपतन भनिन्छ । गर्भपतन गर्दा तीन महिनाभन्दा पहिले गराएको खण्डमा आमा र स्वास्थ्यकर्मी दुवैका लागि सजिलो हुन्छ तर तीन महिनापछि गरिने गर्भपतन आमाको लागि अति कष्टकर र जोखिमपूर्ण हुन्छ । सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ संस्था (कानुनी मान्यता अनुसार सरकारी निकायबाट विधिवत रुपमा अनुमति लिएका), अस्पताल, नर्सिङहोम वा गर्भ्निरोधको क्लिनिकमा गई दक्ष, तालिमप्राप्त र आधिकारिक व्यक्तिबाट मात्र गराउनु पर्छ । नेपालका धेरै स्थानहरुमा नेपाल परिवार नियोजन संघ मेरी स्टोभको सुरक्षित गर्भपतनको लागि विषेश क्लिनिक सञ्चालित छन् ।

नेपाल सरकारले आफ्ना सबै अस्पतालहरुमा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिरहेका छन् । कतिपटक सम्म गर्भपतन गराउन सकिन्छ ? कतिपटक गर्भपतन गराउन सकिन्छ भन्ने कुनै मापदण्ड छैन । तर जति पटक गर्भपतन गराइन्छ त्यति नै बढी शारिरीक तथा मानसिक समस्याहरु बढ्दै जाने सम्भावना हुन्छ । अनि यसका बारेमा सबैलाई भ्रम भएको हुनाले गर्भपतान गराउनु भनेको परिवार नियोजनको विधि होइन ।

Abortion