विदेश

पेरुमा ५ दशमलब ४ रेक्टर स्केलको भूकम्प ७ जनाको मृत्यु

पेरुमा ५ दशमलब ४ रेक्टर स्केलको भूकम्प ७ जनाको मृत्यु
earthquake-GRAPHIC-8-14-15 साउन - ३१ । पेरुमा ५ दशमलब ४ रेक्टर स्केलको भूकम्प ७ जनाको मृत्यु भएकाे छ । उक्त घटनामा ४० भन्दा वढी घाइते भएका छन् । एर्काेइपिया क्षेत्रमा भुकम्पले ८० घर भत्काएकाे छ स्थानिय अधिकारीहरुलार्इ उल्लेख गर्दै बिबिसिले बताएकाे छ । भुकम्प स्थानिय समयअनुसार ११ः५६ बजे गएकाे थियाे । भूकम्पकाे केन्द्र १० किमि गहिराइमा रहेकाे अमेरिकी भुकम्प विद्हरुले बताएका छन् । केन्द्र बिन्दु चिभ्या सहरबाट उत्तर ७ किमि टाढा रहेकाे छ ।  लिचुपाम्पा एन्क्यू एकाेमा माक्का जिल्लामा धेरै क्षति पुगेकाे छ । भूकम्प प्रभावित क्षेत्रकाे सम्पर्क टुटेकाे स्थानिय अधिकारले बताएका छन् । उक्त क्षेत्र अत्यधिक चिसाे क्षेत्र हाे । त्यहाँ समयमा नै उद्धारकाे काम हुन सकेन भने धेरैका ज्यान जान सक्ने स्थानीय अधिकारीहरु बताउँछन् ।  

Bhukampa Peru