ताजा खबर विदेश समाचार

अपहरित नाइजेरियन बालिकाहरु भिडियोमा

अपहरित नाइजेरियन बालिकाहरु भिडियोमा

Boko

साउन ३१ । नाइजेरियाको इस्लामवादी समूह बोको हरामले चिबोक शहरबाट अपहरण गरिएकामध्ये केही स्कूले छात्रा भएको दाबीसहित भिडियो सार्वजनिक गरेको छ । टाउकोमा स्कार्फ लगाएका करिब ५० जना छात्रा एकजना लडाकुको पछाडि उभिरहेको भिडियो फुटेजमा देखिन्छ ।

ती छात्राहरुलाई मुक्त गर्ने बदलामा आफ्ना लडाकुहरुलाई रिहा गर्नुपर्ने उक्त समूहले माग गर्दै आएको छ । उक्त समूहले नाइजेरियाको उत्तरी शहर चिबोकबाट २ सय ७६ जना छात्रालाई उनीहरुको विद्यालयबाट अपहरण गरेको थियो। उनीहरुमध्ये २ सय १९ जना अझै उक्त समूहको नियन्त्रणमै रहेको बताइन्छ । अपहरणमा परेयता उनीहरु भएको भनिएको यो तेस्रो भिडियो हो ।

Boko Haram Naigeria