खेल ताजा खबर समाचार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

Liverpul साउन ३१ । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ४–३ गोल अन्तरले हरायो ।

Li

खेलकोे ३१ औं मिनेटमा थियो वालकोटको गोलबाट आर्सनलले सुरुवाति अग्रता लिए पनि नतिजा भने लिभरपुलको पक्षमा गयो । पहिलो हाफको अन्तिममा फ्रि–किक मार्फत फिलिपे कोन्टिनियोले लिभरपुलका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुमै एडम लालनाले लिभरपुलाई २–१ को अग्रता दिलाए । ५६ औं मिनेटमा कोन्टिनियोले व्यत्तिगत दोस्रो गोल गरेपछि लिभरपुलको अग्रता ३–१ मा पुग्यो । लिभरपुलको गोलको क्रम त्यसपछि पनि रोकिएन ।

ll

६३ औं मिनेटमा साडिओ मानेले गोल गरेपछि अग्रता ४–१ मा पुग्यो । त्यसपछि आर्सनलले दुई गोल थपे पनि हारबाट भने जोगिन सकेन । ६४ औं मिनेटमा ओक्सलेड चेम्बरलेन तथा ७५ औं मिनेटमा क्यालम चेम्बर्सले आर्सनलका लागि गोल गरे । तर नतिजा ४–३ ले लिभरपुलको पक्षमा गयो ।

Premiar leauge