देश समाचार

एनजिओको पैसा खाएर स्वतन्त्र पत्रकारिताको वकालत

एनजिओको पैसा खाएर स्वतन्त्र पत्रकारिताको वकालत

काठमाडौं ।  मिडिया स्वतन्त्र हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्त छ । तर, एक चर्चित अनलाइन पत्रिकामा एनजीओको लगानी रहेको डरलाग्दो तथ्य भेटिएको छ ।

राजधानीको बत्तीसपुतलीस्थित ‘एलायन्स फर सोसियल डायलग’ (सामाजिक संवादका लागि सहकार्य) नामक संस्थाले सेतोपाटी नामक अनलाइन पत्रिकालाई लाखौं रुपैयाँ दिएको प्रमाण पाइएको हो । यसले नेपाली मिडिया नै कति स्वतन्त्र होलान् भन्ने प्रश्न मात्रै उठाएको छैन, नेपाली मिडियालाई कुनै तेस्रो शक्तिले किन लगानी गर्दै छन् ? भन्ने प्रश्नतिर पनि संकेत गर्दैै छ ।

२८ नोभेम्बर २०१४ मा एलायन्स फर सोसियल डायलगका निर्देशक हरि शर्मा र सेतोपाटी अनलाइनका हालका प्रधान सम्पादक अमित ढकालबीच आर्थिक लेनदेनको सम्झौता भएको तथ्य भेटिएको हो । सम्झौतामा नीतिगत छलफल अर्थात् ‘पोलिसी डिसकसन’ शीर्षकमा २ लाख रुपैयाँ सेतोपाटीले लिने उल्लेख गरिएको छ भने सोहीबमोजिम सेतोपाटीले भुक्तानी समेत बुझिसकेको छ ।

भुक्तानी गरिएको रसिदमा दुवै पक्षले आफ्नो संस्थागत छाप लगाएका छन् । अमेरिकाको न्युयोर्क सहरमा रहेको अपन सोसाइटी फाउन्डेसनको लगानीमा सञ्चालित उक्त आईएनजीओले मिडियाका हस्ती भनिने कनकमणि दीक्षितलाई संस्थापक सदस्यमा राखेको छ । त्यस्तै, राष्ट्रपति विद्या भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेललाई पनि संस्थापक सदस्यमा राखेको छ ।

यतिबेला उक्त एनजीओका निर्देशकको रुपमा हरि शर्मा कार्यरत छन् । उनै शर्मा र सेतोपाटी डटकम नामक अनलाइनका प्रधान सम्पादक अमित ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । हरि शर्मा पूर्वराष्ट्रपति रामवरण यादवका राजनीतिक सल्लाहकार समेत रहेका थिए ।

साँघु साप्ताहिक

NGo Setopati