इतिहासमा आज

भारत संयुक्त राष्ट्रसंघबाट स्वतन्त्र भएको दिन

भारत संयुक्त राष्ट्रसंघबाट स्वतन्त्र भएको दिन

India

भारतले आज आफ्नो ७० औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाईरहेको छ । हरेक बर्ष अगष्ट १५ तारिखका दिन भारतले आफ्नो स्वतन्त्रता दिवश मनाउदैं आएको छ । भारत १५ अगष्ट १९४७ मा स्वतन्त्र भएको थियो । भारतको स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टा छुट्टै शुभकामना सन्देश पठाएका छन । सन्देशमा राष्ट्रपति डा यादवले भारतीय राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।

यस्तै प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीलाई शुभकामना सन्देश पठाउँदै भारत सरकार र त्यहाँका जनताप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन । यसैबीच, भारतिय राजदुतावासले पनि भारत स्वतन्त्रता दिवशको उपलक्ष्यमा काठमाडौंमा विभिन्न कार्यक्रम गरि मनाउदैंछ । भारतलाई स्वाधिन राष्ट्र बनाउन त्यसबेला महात्मा गांधीले आन्दोलनको नेतृत्व गरेका थिए ।

भारत स्वतन्त्रसंग जोडिएका दश बिषेश कुराहरु

१ भारत पहिलो पटक स्वतन्त्र हुने दिन दिल्लीमा करौडौं भारतियहरुले उत्शव मनाई रहेका बेला महात्मा गांधी भने दिल्लीबाट हजारौं किलोमिटर टाढा रहेको बंगालको नोआखलीमा थिए । जहाँ उनि हिन्दु र मुसलमानको बिचमा भैरहेको साम्प्रदायिकं हिंसालाई रोक्न भनि अनसनमा बसेका थिए ।

२ जब भारत १५ अगष्टमा स्वतन्त्र हुने पक्का भएपछि नेता जवारलाल नेहरु र सरदार बल्लभ भाई पटेलले गाँधीलाई पत्र पठाएका थिए । त्यसपत्रमा यस्तो लेखिएको थियो १५ अगष्टमा हाम्रो भारत स्वतन्त्रताको हाम्रो पहिलो स्वाधिनता दिवश हुनेछ, तँपाई राष्ट्रपिता भएकाले यो महत्वपुर्ण घडींमा सामेल भई सबै भारतिय जनतालाई आर्शिवाद दिनुहोस ।

३ गांधीले यस पत्रको जवाफ यस्तो पठाएका थिए जब कलकत्तामा हिंन्दु र मुसलमान एकअर्कालाई मारिरहेका छन, यस्तो अवस्थामा म उत्शव मनाउन कसरी आउन सक्छु ? यो साम्प्रदायिक दंगा रोक्न म आफ्नो ज्यान दिई दिनेछु ।

४. त्यसबेला जवारलाल नेहरुले ऐतिहासिक भाषण गरेका थिए, १४ अगष्ट मध्यरातिको वायसराय लाँज (हालको राष्टपति भवन) बाट । त्यसबेला उनि प्रधानमन्त्रि भैसकेका थिएन्न । त्यो भाषणलाई भारतिय जनता सबैले सुनेका थिए । तर,गांधी त्यो दिन राति नौं बजे नैं सुत्नका लागि गईसकेका थिए ।

५. १५ अगष्ट,१९४७ मा लाँर्ड माउंटबेटनले आफ्नो र्कायस्थलमा काम गरेका थिए । दिउँसोतिर नेहरुले आफ्नो मन्त्रिमंडलको सुचि दिए र त्यसपछि इंडिया गेटमा प्राप्त प्रिसेंज गार्डेनमा एक सभालाई सम्बोधन गरे ।

६. प्रत्येक स्वतन्त्रता दिवशको दिनमा भारतिय प्रधानमन्त्रिले लालकिलामा गएर भारतिय झण्डा फरफराउछन । तर १५ अगष्ट, १९४७ मा यस्तो भएको थिएन । लोकसभा सचिवालयको एक शोधपत्रका अनुसार नेहरुले १६ अगष्ट, १९४७ मा लालकिलामा झण्डा फरफराएका थिए ।

७. भारतका तत्कालिन वायसराय लाँर्ड माउंटबेटनका प्रेस सचिव कैंपबेल जाँनसनका अनुसार मित्र राष्ट्रका सेनाका अगाडी जापान सम्र्पणको दोस्रो बर्षगाँठ १५ अगष्टका दिन थियो । त्यही दिन भारतलाई स्वतन्त्र पार्ने निर्णय भएको थियो ।

८. १५ अगष्टसम्म भारत र पाकिस्तानका बिचमा सिमा रेखा निर्धारण भएको थिएन । त्यसको निर्णय १७ अगष्टमा रेडक्लिफ लाइनबाट घोषणा भएको हो ।

९. भारत १५ अगष्टमा स्वतन्त्र त भयो तर त्यसबेला कुनै राष्ट्रिय गान नै बनाईएको थिएन । रवींद्रनाथ टैगोर जन गण मन १९११ मा नैं लेखिसकेका थिए । तर यो राष्ट्रिय गान १९५० मा मात्रै बन्न सक्यो ।

India India Freedom