समाचार

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
crime साउन ३० । बैतडीमा अाइतबार दिउँसो ३ः३० बजे श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । पाटन नगरपालिका–९ कुलडाका २६ वर्षीय कमल बोहराले आफ्नी श्रीमती इन्दु बोहराको हत्या गरेका हुन् भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले बताएका छन् । श्रीमान् र श्रीमतीमा घरायसी विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाका विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक नेतृत्वको एक प्रहरी टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली त्यहाँ पुगेपछि मात्रै थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

Baitadi hatya

विशेष

ADVERTISEMENT