ताजा खबर विदेश समाचार

मदिरा सेवन गरेर गाडी चलाएकी मन्त्रीद्वारा राजीनामा

मदिरा सेवन गरेर गाडी चलाएकी मन्त्रीद्वारा राजीनामा

sweden2

साउन ३० । मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा फेला परेपछि स्वीडेनकी मन्त्री आइदा हादजियालिकले राजीनामा दिएकी छन् । २९ वर्षीया आइदा मन्त्रिपरिषद्मा सबैभन्दा कान्छी सदस्यका रूपमा परिचित थिइन् । उच्च शिक्षा मन्त्रालय सम्हालेकी उनी देशकै पहिलो मुस्लिम मन्त्री पनि थिइन् । तोकिएको मात्राभन्दा बढी मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा उनी भेटिएकी थिइन् । यो घटनालाई उनले ‘जीवनकै सबैभन्दा ठूलो गल्ती’ भनेकी छन् ।

डेनमार्क र स्वीडेन जोड्ने पुलमा रोकिनुअघि उनले दुई ग्लास वाइन पिएको जनाइएको छ । परीक्षणपछि उनको रगतमा अल्कोहलको मात्रा ०.२ प्रो मिलि भएको फेला परेको थियो । यसका लागि उनले ६ महिनाको जेल सजाय पाउन सक्छिन् । कोपेनहेगेनमा दुई ग्लास वाइन पिएको चार घण्टापछि उनी स्वीडेन फर्किएकी थिइन् ।

Sweden Swidan