ताजा खबर विदेश समाचार

पाकिस्तानी दुतावासले मनायो ७० औं स्वतन्त्रता दिवस

पाकिस्तानी दुतावासले मनायो ७० औं स्वतन्त्रता दिवस

Pakistan

साउन ३० । पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल स्थित पाकिस्तानी राजदूतावासमा पाकिस्तानी राष्ट्रिय झन्डोत्तोलन गरिएको छ । त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झन्डा फहराउनुभयो । सो अवसरमा पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री नवाज सरिफले देशवासीका नाममा जारी गर्नुभएका शुभकामना एवम् बधाई सन्देश वाचन गरिएको थियो ।

समारोहमा कामको सिलसिलामा यहाँ रहेका पाकिस्तानी नागरिक, नेपाल–पाकिस्तान मैत्री सङ्घका पदाधिकारी र दूतावासका कर्मचारीका परिवारको सहभागिता थियो ।

Pakistan 70th anyversary