ताजा खबर राजनीति समाचार

माओवादी केन्द्रले मन्त्रीहुनेहरुको नाम टुंगो लगायो आजै शपथ लिने

माओवादी केन्द्रले मन्त्रीहुनेहरुको नाम टुंगो लगायो आजै शपथ लिने

prachanda-nepalaaja

साउन ३० । नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मधेसबाट सांसद अजय शंकर नायक परेका छन् । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नामबारे आइतबार विहान निकटवर्तीहरुसँग छलफल गरेका थिए । उनका अनुसार जनार्दन शर्मा प्रभाकर, राम कार्की, हितराज पाण्डे र धनिराम (डीआर) पौडेल मन्त्री हुने भएका छन् । यस्तै मधेसबाट सिराहाका समानुपातिक सांसद नायक परेका छन् । मन्त्री बन्ने तयारीमा रहेका नेताहरुले सपथका लाागि तयारी अवस्थामा रहन भनिएको छ ।

माओवादी स्रोतका अनुसार माओवादीबाट मन्त्री हुनेहरुको मन्त्रालय पनि टुंगो लागेको छ । प्रभाकरले उर्जा मन्त्रालय लिनेछन् । कार्कीले सञ्चार र पाण्डेले स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् भने पौडेललाई शिक्षा र नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

Maosit Kendra