खेल ताजा खबर समाचार

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको विजयी सुरुवात

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको विजयी सुरुवात

City

साउन ३० । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको यो सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई २–१ ले हराएर लिगमा विजयी सुरुवात गरेको हो । सन्डरल्याण्डका प्याट्रिक भान आनहोल्टले रहिम स्ट्रलिङलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै सर्जियो अग्युरोले सिटीलाई चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा जर्मेन डिफोले सन्डरल्याण्डका लागि बराबरी गोल फर्काए । तर ८७ औं मिनेटमा सन्डरल्याण्डका पेड्डी मेकनाएरले आत्मघाती गोल गरेपछि सिटी विजयी भयो ।

Leauge

त्यस्तै गए रातिनै भएको अर्को खेलमा यो सिजन प्रिमियर लिगमा फर्किएको बर्नली स्वान्सीसँग पराजित भयो । स्वान्सीको जितमा लिरोय फेरले ८२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै अर्को खेलमा वेष्ट ब्रोमले क्रिष्टल प्यालेसलाई हराएर विजयी सुरुवात गरेको छ । टोटनह्याम एभर्टनसँग, स्टोक सिटी मिडल्सबर्गसँग तथा साउथह्यामप्टन वाटफोर्डसँग समान १–१ को बराबरीमा रोकिए ।

Preimiar leauge

विशेष