देश

यात्रुबाहक बस दुर्घटना हुँदा २ काे मृत्यु ९ घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा २ काे मृत्यु ९ घाइते
Scene of a car crash साउन - २८ । गए राति १ बजे यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । दीपायलबाट धनगढी आउँदै गरेको यात्रुवाहक बस कैलाली जिल्लाको सहजपुर गाविस वडा नं ९, मारभट्टी मोडमा दुर्घटना भएकाे हाे ।  मृत्यु हुनेमा डोटी वासुदेवि गाविस वडा नं १ का योगेन्द्र विकर अर्का ठेगाना नखुलेको सिवि लुहार रहेको ईलाका प्रहरी कार्यालय फल्टुडेले जानकारी दिएकाे छ । घाइतेहरु मध्ये सात जनाको अत्तरियास्थित पदमा अस्पताममा उपचार भैरहेको छ । गम्भीर घाइते बसका चालक अत्तरिया नगरपालिका वडा नं ४ बस्ने २८ वर्षिय शेर बहादुर कडायत र सोहि ठाउँ बस्ने ३५ वर्षिय महाविर कडायतलाई थप उपचारको लागि भारतको बरेली रेफर गरिएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएकाे छ । शैलेश्वरी यातायातको ना ६ ख १६९१ नम्बरको उक्त बस सडकबाट करिब २ सय मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

Kailali road accident