समाचार

डुबानको महिना दिन पुग्न लाग्दा डा. रिजालको टोली सप्तरी जाँदै

डुबानको महिना दिन पुग्न लाग्दा डा. रिजालको टोली सप्तरी जाँदै
bhola-rijal-nepalaaja साउन – २६ । डा. भोला रिजालको टोली सप्तरी जाने भएको छ । सप्तरीको डुबानको करिब एक महिना पुग्न लाग्दा टोली सप्तरी जान लागेको हो । अनशनबाट नतंग्रिदै डा. गोविन्द केसी उपचारका लागि सप्तरी पुगेका थिए । डा. केसी भने सप्तरीबाट फर्किसकेका छन् । डा. केसी सप्तरीमा बाढी पीडितहरुको उपचार र स्वास्थ्य सम्बन्धि जनचेतना फैलाएपछि फर्किएका हुन् । उनकै सिको गर्दै डा. रिजालको टोली सप्तरी जान लागेको छ । डा. केसी सप्तरीमा पुगिसकेपछि मात्र थाहा भएको थियो भने डा. रिजालको टोली जानुभन्दा अगाडिनै सञ्चारमाध्यमलाई जानकारी गराइएको छ । जरुरी रहेको समयमा नगएको उनको टोली डा केसी गएपछि मात्रै तात्नुले चर्चा कमाउने मेसोका रुपमा हेरिएको छ । डा. रिजालको टोली शुक्रबार सप्तरी जाने भएको छ । नेपाल मेडिकल कलेजमा कार्यरत १५ जनाको टोलीसहित सप्तरी जान लागेका हुन् ।

badhi Dr. Bhola RIjal Dr. Gobinda Kc Saptari
ADVERTISEMENT