अपराध सुरक्षा कभर स्टोरी समाज

प्रेम जहाँ र जसरी गरे पनि अन्धो नै हुँदो रहेछ

प्रेम जहाँ र जसरी गरे पनि अन्धो नै हुँदो रहेछ

dr-jv-and-kusom-nepalaajaसाउन २५ । साइप्रस गएकी कुसुम डाक्टर जेभीसँग फेसबुकमार्फत प्रेम झ्यांगिएपछि नेपाल फर्किइन् । जेभीले आमा क्यानाडामा डाक्टर रहेको र अब उतै जाने भनेर कुसुमलाई नेपाल बोलाएका थिए । नेपाल आएपछि कुसुम र जेभीका बीचमा लिभिङ टुगेदेर चल्न थाल्यो । तन र मन दिइसकेकी कुसुमले जेभीलाई साइप्रसबाट ल्याएको धन पनि सुम्पिइन् । त्यसपछि जेभी वेपत्ता भए । उकुसमुकुसमा परेकी कुसुमले प्रहरीमा श्रीमान् खोजिदिन निवेदन दिइन् । प्रहरीले निकै दिनको अनुसन्धानपछि सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई पक्राउ गर्यो  । तुलबहादुर तामाङले विभिन्न बाहना र छद्मभेषमा विशेषतः युवतीहरुलाई जालमा पार्दै आएको रहस्य खुल्यो । अहिले डाक्टर जेभी अर्थात तुलबहादुर टेकुस्थित अनुसन्धानमा छन् जसले सृर्जना दोंग र उनका साथीभाइलाई पनि क्यानडा पठाइदिने भन्दै लाखौं ठगेका थिए ।

कति ठगिन्छन् सामाजिक संजालले अपरिचितलाई पनि क्षणभरमै परिचित बनाइदिन्छ । केही बुझ्दै नबुझिएको व्यक्तिलाईपनि मनपेट दिने बनाउने गर्दछ । यसैको फाइदा उठाएर ठगी गर्ने प्रवृत्ति भयानक बन्दै गएको छ । तर, ठगी गर्नेले यो बाहेकका अन्य विधि पनि अपनाउछन् ।

प्रहरी महाशाखाको रिर्पोटअनुसार २०७०\७१ मा नेपालभर ४११ वटा ठगीको उजुरी परेका छन । त्यस्तै ७१/७२मा ४५० र ७२ /७३मा ५०४ वटा उजुरी परेका छन । जसमध्ये यस वर्ष उपत्यकामा मा २७० वटा उजरी परेका छन भने सुदुरपश्चिमअञ्चलमा ५ वटा उजरी परेको छ । ९९ वटा उजरी पुर्वाञ्चलमा दर्ता भएको छ भने मध्यमाञ्चलमा ७५ वटा, पश्चिमाञ्चलमा ३४ र मध्य पश्चिमञ्चलमा २१ वटा उजरी दर्ता भएको छ । कुन देशको नाममा बढी ठगी

प्रहरी महाशाखा टेकुको रिर्पोटमा इराक, अफगानस्थान, दक्षिण आफ्रिका, दुबई पठाउने भन्दै ठगी गरिएको उजुरी परेको छ । अमेरिका, क्यानाडा, जापान, बेलायत, कोरिया, हङकङ र रूस लाने प्रलोभनमा पारी ठगी भएको उजुरी पनि बढी नै परेको देखिएको छ ।

कस्ता व्याक्ति ठगिन्छन तुलाबहादुरले एउटा फेसबुकको माध्यमबाट सामान्य तरिकाले ३१ लाख रुपैयाँ सजिलै ठगी गरेका हुन् । उनले प्रलोभनलाई हतियार बनाएर ठगी धन्दा गरेका थिए । प्रहरी नीरिक्षक गोबिन्द पन्थी भन्छन्, ‘जसरी पनि रोजगारीका लागि राम्रो देश जाने सोच बनाएर बसेकाहरुलाई ठगहरुले ठगिरहेका छन ।’ उनी भन्छन् ‘बिदेश लगिदिने मान्छेले कहाँ र कसरि लैजान्छ थाहा नपाईकन पैसा दिन्छन । जसरी भएपनि राम्रो देश जान्छु भन्ने सोच नबदलिएसम्म यस्ता ठगीका घटना बढिरहन्छन ।’

–सागर बुढाथोकी

थप यो पनि पढ्नुहोस

काठमाडौंका डा. जेभी र साइप्रसकी कुसुमको अदभुत प्रेम सायदै कसैले विर्सनेछ