देश

पाल्पामा १२ वटा चितुवा मरे

पाल्पामा १२ वटा चितुवा मरे
chituwa-mirtaसाउन - २२ । एक वर्षको अवधिमा पाल्पामा १२ वटा चितुवा मरेका छन् । पाल्पाका विभिन्न गाउँका बस्ती नजिक पसेका दश वयस्क र दुईवटा डमरु बच्चा मरेको जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको बौघा पोखराथोक, पालुङ मैनादी, खानीछाप देउराली, सत्यवती, चाँपपानी लगायतका स्थानमा मृत अवस्थामा चितुवा भेटिएका हुन् । पाल्पाकै अर्गलीमा दुईवटा बच्चा फेला परे पनि दश दिनमा मृत्यु भएको जिल्ला वन कार्यालयले जनाएको छ । खानीछाप र बराङदीमा फेला परेका घाइते अवस्थाका भाले चितुवालाई चितवनस्थित राष्ट्रिय निकुञ्जमा पठाइएको छ । सडकको छेउ, बारी र जङ्गलमा चितुवा फेलापर्ने गरेको जिल्ला वन कार्यालयका कर्मचारीले बताएका छन् । चितुवाबीच एक आपसको लडाइ र मानवको अतिक्रमण र वन्यजन्तु द्वन्द्वका कारण चितुवा मृत र घाइते अवस्थामा भेटिएको हुनसक्ने वन कार्यालयका रेन्जर यमलाल भुसालको भनाइ छ । रासस

chituwa Palpa