देश

बन्दका कारण पूर्व भागकाे जनजीवन प्रभावित

बन्दका कारण पूर्व भागकाे जनजीवन प्रभावित
Limbuwan साउन - २२ । लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण पूर्व भागकाे जनजीवन ठप्प बनेको छ । बन्दका कारण लिम्बुवानको प्रस्तावित अरुण पूर्वका ९ जिल्लामा यातायात ठप्प छ । बन्दका कारण झापा, मोरङ सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्ग, पाँचथर र इलाममा यातायात गुड्न सकेको छैन । सार्वजनिक सवारी बाहेक एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालनमा छन् । बजार पसल, उद्योग धन्दामा बन्द छन् । सरकारले संविधान निर्माणमा समेत लिम्बुवानलाई उपेक्षा परिषदको आरोप लगाएकाे छ । पृथ्वी नारायण शाहले एकिकरण गरेर लिम्बुवान राज्य खोसेको दिनलाई ‘कालो दिवस’ को रुपमा विरोध गर्दै परिषद्ले बन्द आव्हान गरेको हो ।

Limbuwan