देश

दुर्घटनामा एकजनाको मृत्यु

दुर्घटनामा एकजनाको मृत्यु
Scene of a car crash साउन - २२ । तनहुँको भिमादबाट घिरिङसुन्धारातर्फ आउँदै गरेको यात्रुबाहक बस माझकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बस दुर्घटना हुँदा गम्भीर घाइते भएका सामुङ भगवतीपुर–८ बस्ने हरि परियारको पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा गएराति करिब ९ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख राजु केसीले जानकारी दिए । शुक्रबार साँझ करिब ५ बजेको समयमा ग १ ख ४७८५ नम्बरको बस माझकोटको उकालोमा दुर्घटना भएको हो । रासस

road accident tanahun