देश

यात्रुबाहक बस पल्टिंदा २० घाइते

यात्रुबाहक बस पल्टिंदा २० घाइते
Accident साउन - २१ । भीमाद देखि घिरिङ सुन्धारा जाँदै गरेको यात्रुबाहक बस सडक छेउमा पल्टिंदा २० जना घाइते भएका छन् । शुक्रबार साँझ ग १ ख ४७८५ नम्बरको बस माझकोट गाविस ९ को चिप्लो बाटोमा पल्टिएको हो । घटनाका १० जना गम्भिर घाइते भएका छन् । घाइतेलार्इ पोखरा स्थित मणिपाल अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएकाे छ । सामान्य घाइते १० जनाको भीमाद स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । चिप्लो बाटोको कारण बस पल्टिएको स्थानीयले बताए । प्रहरीले भने घटना बारे अनुसन्धान गरिरहेको बताएको छ । घटना स्थलमा स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेका थिए ।

Accident