देश

भोजपुरमा दुई वेपत्ता, धनुषामा दुईको मृत्यु

भोजपुरमा दुई वेपत्ता, धनुषामा दुईको मृत्यु
death-mainसाउन – २१ । धनुषाको बघचौडामा सेफ्टी ट्यांकी खन्ने क्रममा दुई जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बघचौडा–३ का बिनोद राउत र सुनील सहनीको मृत्यु भएको हो । यसैगरी भोजपुर जिल्लामा पर्ने पिखुवा खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । बिहान साढे नौ बजेतिर खोलामा नुहाउन गएका कोट गाविस ८ बस्ने सुभाष तामाङ र पान्धारे बस्ने मनकुमार तामाङ वेपत्ता भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुको खोजी कार्य भने भैरहेको छ ।

Death dhanusha