स्वास्थ्य

आफू जन्मेको वार्डमै नर्स बनेर काम गर्दा…

आफू जन्मेको वार्डमै नर्स बनेर काम गर्दा…
Mail

एजेन्सी– जन्मिदा सोफी प्राउड सानो चरो जस्तै थिइन् । उनी केबल २४ सातामा जन्मिएकि थिइन् । सानोमा देख्नेहरुले उनलाई चरासँग तुलना गर्थे । आधुनिक उपचारपछि उनलाई जसोतसो जिबितै राखियो । प्रिम्याचुर वर्थ (समय अघि नै जन्म) भए पनि लामो उपचारपछि उनी बाँच्न सफल बनिन् । २० वर्षीय सोफी अहिले आफू जन्मेको अस्पतालको सोही वार्डमा प्रशिक्षार्थी नर्सको रुपमा काम गर्छिन । जन्मेको केहीमहिनापछि उनको ओपन हर्ट सर्जरी पनि भयो ।

त्यसको केही सातापछि आँखाको शल्यक्रिया पनि गर्नु पर्यो । उनलाई निमोनियाको र ब्लड पोइजनिङको पनि समस्या देखियो । तर उनी रोगसँग जुध्न सफल भइन । उनको उपचार न्युक्यासल रोयल भिक्टोरिया अस्पतालको स्पेशल केयर बेबी युनिटमा भएको थियो जहाँ उनले अहिले काम गर्छिन् ।

आफू जन्मेको वार्डमा काम गर्न पाउँदा उनको अनुभव के छ त ? उनी भन्छिन् – ‘म जन्मिएको इनक्युबेटरमा आफूलाई पाउँदा निकै रमाईलो र अनौठो महशुस भएको छ । आज जुन युनिटमा छ, त्यही युनिटमा चिकित्सक र नर्सहरुले अहोरात्र खटिएर मलाई बचाउनु भएको थियो ।’ उनी आफ्नो पेशालाई निकै माया गर्ने बताउछिन् ।

Health Health & Sefety