समाचार

युवा उद्यमीलाई प्रोत्साहन गरिन्छ: उपप्रधानमन्त्री महरा

युवा उद्यमीलाई प्रोत्साहन गरिन्छ: उपप्रधानमन्त्री महरा
krishna-bahadur-maharaसाउन  - २० । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले युवा उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पद बहालीपछिको पहिलो निर्णयमा पनि युवा उद्यमीलाई प्रोत्साहनका कार्यक्रम ल्याउन निर्देशन दिइएको उनले पत्रकारलाई जानकारी दिए। उपप्रधानमन्त्री महराले विकासका लागि बजेटको कार्यान्वयनका लागि एक संयन्त्र बनाउने, भन्सारमा राजस्व सङ्कलनका लागि अत्याधुनिक मेसिन राख्ने निर्णय  गरेका छन्। बजेट आश्रित विधेयक अघि बढाउने र पुरक बजेट ल्याउने सम्बन्धमा सोधिएको प्रश्नमा महराले आवश्यक छलफल गरेर पछि निर्णय गरिने बताए। रासस

Krishna Bahadur Mahara