समाचार

नवनिर्वाचित प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीकोे टेलीफोन बधाइ

नवनिर्वाचित प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीकोे टेलीफोन बधाइ
Modi-phone-PTIसाउन १९ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलीफोन गरेर बधाइ दिएका छन् । साथै उनले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्रीले प्रचण्डलाई टेलिफोन गरेका हुन् । फोनमा मोदीले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै बधाइ दिनुका साथै कार्यकालको सफलताको कामना गरेका थिए । यसैगरी ९ महिना अघि प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी ओलीलाई पनि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर बधाइ तथा शुभकामना दिएका थिए ।

Narendra modi puspa kamal dahal

विशेष