ताजा खबर विदेश समाचार

लिबियामा सुरक्षाकर्मीलाई लक्षित गरि बम विष्फोट, २२ जनाको मृत्यु

लिबियामा सुरक्षाकर्मीलाई लक्षित गरि बम विष्फोट, २२ जनाको मृत्यु

Libiya साउन १९ – लिबियाको पूर्वी शहर बेनगाजीमा भएको कार बम बिस्फोटनमा परि कम्तिमा २२ जनाको ज्यान गएको छ । सुरक्षाकर्मीलाई लक्षित गरी भएको बिस्फोटनमा अन्य २० जना घाइते भएका छन् । बेनगाजीको गुवार्शा जिल्लाको आवासीय क्षेत्रमा बिस्फोट भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यो क्षेत्रमा इस्लामिक लडाकु र लिबियाको पूर्व सरकारका सैनिकबिच लामो समयदेखि लडाइँ हुँदै आएको छ । इस्लामिक समूह शुरा काउन्सिल अफ बेनगाजी रिभोलुसनरिजले बिस्फोट गराइएको आक्रमणको जिम्मेवारी लिएको छ ।

Libiya