अर्थ ताजा खबर प्रवास समाचार

सरकारले खाडी लगायतका विभिन्न मुलुकका ५७ कम्पनीमा कामदार पठाउन प्रतिबन्ध

सरकारले खाडी लगायतका विभिन्न मुलुकका ५७ कम्पनीमा कामदार पठाउन प्रतिबन्ध

Bairo साउन १८ । सरकारले मलेसिया र खाडी मुलुकका ५७ वटा कम्पनीमा नेपाली कामदार पठाउन प्रतिवन्ध लगाएको छ । कामदारलाई बिचल्लीमा पार्नेक्रम चुलिएपछि ती कम्पनीका सधैका लागि कामदार पठाउन बन्द गरिएको हो । कागजमा आकर्षक तलवसुविधाको आश्वासन दिने तर व्यवहारमा त्यस अनुसारका कार्यान्वयन नगरेका दर्जनौं उजुरीका आधारमा सरकारले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको हो ।

नेपाल एक सय १० वता मुलुकमा कामदार पठाउन खुल्ला गरेको भए पनि कारबाहीमा परेका सबै कम्पनी मलेसिया, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी जम्मा चारवटा देशका मात्र छन् । ती मुलुकका केही कम्पनीले विदेशी कामदार मगाएर अलपत्र पारेको समेत वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । नेपालले कालोसूचीमा राखेकामध्ये फर्निचर, कटन, टावल, क्लिनिङ क्षेत्रसँग सम्बन्धि कम्पनीहरु रहेका छन् । कामदार पठाउन प्रतिवन्ध लगाएका ५७ मध्ये ५२ वटा मलेसियाका कम्पनी रहेका छन् । अन्नपूर्ण पोष्ट