पर्यटन

सुदूरपश्चिमको पर्यटकीयस्थललाई समेटिएका सात टुर प्याकेज

सुदूरपश्चिमको पर्यटकीयस्थललाई समेटिएका सात टुर प्याकेज
rara tal साउन - १७ । प्राकृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा रहेको सुन्दर सुदूरपश्चिमको पर्यटकीय प्याकेज लिएर व्यवसायी राजधानी आएका छन् । पर्यटनको प्रचूर सम्भावना भए पनि भौगोलिक अवस्थिति र पूर्वाधार अभावले गति लिन नसकेको सुदूरपश्चिमको पर्यटनको व्यावसायिक प्रवद्र्धनका लागि व्यवसायी जुटेका हुन् । पर्यटन विकास समाज नामक संस्थाको अगुवाइमा आएका व्यवसायी तथा टुर अप्रेटरले आज राजधानीका पर्यटन व्यवसायी एवम् सरोकारवाला निकायसँग पर्यटकीय प्याकेज प्रस्तुत गरी अन्तरक्रिया गरे । नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको उक्त कार्यक्रममा सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीयस्थललाई समेटेर सात वटा टुर प्याकेज ल्याइएको छ, जसअनुरुप रारादेखि खप्तडसम्मको दि एपी वेस क्याम्प–१३ दिन, दि फार वेष्ट हेरिटेज ट्रेल १७ दिन, एपी ट्रेक ११ दिन, रामा एन्ड रोशन नौ दिन, थाइसेन ट्रेक छ दिन, खप्तड ट्रेक छ दिन, खप्तड रारा ट्रेक २५ दिन र वाइल्ड वेष्ट ट्रेङ्गल १४ दिनको प्याकेज रहेको छ ।  

Rara Tal Sudhurpachim