ताजा खबर समाचार

मालपोतमा कर्मचारीले घुस लिएपछि हंगामा, सेवाग्राहीले खिचेको गोप्य भिडियो

मालपोतमा कर्मचारीले घुस लिएपछि हंगामा, सेवाग्राहीले खिचेको गोप्य भिडियो

Nepal Government दिनेश पौडेल जग्गाको ब्लुप्रिन्ट लिन मालपोत कार्यालय चाबहिल गए । उनी दिनसम्म धाउंदापनि ब्लुप्रिन्ट पाएनन् । उनकै आंखा अगाडि अर्काको काम तत्कालै भयो । सेवग्राहीले कर्मचारीलाई १ हजार रुपैयां दिए । कर्मचारीले देब्रे खल्तीमा पैसा राखे । अनि तुरुन्तै ब्लुप्रिन्ट उपलब्ध गराए । सबै दृश्य गोप्यरुपमा खिचेका दिनेशले त्यसपछि हंगामा गर्न थाले । उनले कर्मचारीलाई हायलकायल पारे । देब्रेपट्टिको गोजीमा १ हजार छ हेर्नुहोस् भन्दै उनले अरु कर्मचारीसंग सोधीखोजी गरे ।

https://youtu.be/u-VIMG9awXo

घुस लिएको भनिएका कर्मचारीले खोजी देखाउन तयार भएनन् । बरु घुस दिएको मान्छे खोजेर ल्याउन भने । घुस दिएर ब्लुप्रिन्ट लिएको कर्मचारी त्यहां किन बस्थ्यो र ? दिनेशले फेसबुकमा दृश्य हाल्ने भनेपछि कर्मचारी अत्तालिएका थिए । उनको आक्रामक शैलीले कार्यालयमा तहल्का मच्चायो । यो भिडियो खिचेर उनले कर्मचारीलाई सबक सिकाएका छन् ।

Bribery Corruption Ghush Malpot Karyalaya Chabahil