ताजा खबर समाचार स्वास्थ्य

नौ दिनसम्म समाधिमा बसेको फूर्ति लगाउने कृष्णदास महाराजसँग नक्कली 'सर्टिफिकेट'

नौ दिनसम्म समाधिमा बसेको फूर्ति लगाउने कृष्णदास महाराजसँग नक्कली 'सर्टिफिकेट'
प्रहरीले नक्कली डाक्टरको खोजि गर्न अप्रेशन क्वाक चलाइरहेको बेला सिद्धबाबा कृष्णदास महाराजकै शैक्षिक प्रमाणपत्र संकाको घेरामा परेको छ । सिद्धबाबा कृष्णदास महाराजका नामले प्रसिद्ध कृष्णबहादुर गिरीको शैक्षिक प्रमाणपत्रसमेत झूटो रहेको जानकारी नेपाल आजले प्राप्त गरेको छ । सिद्धबाबा कृष्णदास महाराजले पिएचडी गरेको भन्दै डाक्टरसमेत लेख्ने गरेका छन् । तर, उनले कहांबाट कहिले पिएचडी गरे भन्ने स्पष्ट छैन । प्रमाणपत्रका बारेमा संशययुक्त जानकारी पाएपछि नेपाल आजका प्रतिनिधिले काठमाडौंमा योगअभ्यासका क्रममा सिद्धबाबासंग सो बारेमा सोधेका थिए । उनले पुनाबाट विएस्सी र बोटनीमा एम्एसी गरेको जवाफ फर्काए । पिएचडी कहांबाट हो भन्ने प्रश्नको जवाफमा उनले पहिले पुनाबाट गरेको बताएका थिए । केही अल्मलिएका उनले सच्चाउदै गुजरात आर्युवेद विश्वविद्यालयबाट आफुले सोध गरेको दाबी गरे । उनको दाबी उनी आफैंले दिएको जीबन विवरण अनुसारसंग मेल खादैन । उनी ९/१० बर्षको उमेरमा सोलुखुम्बुको जुलुबाट भारतको पुना पुगे । केही समय अलमलमै वित्यो । त्यसपछि उनले सहयोगीमाफर्त क्रिष्चियन मिसिनरी विद्यालयमा पढ्ने अवसर पाए । उनी जम्मा ४३ वर्षका भए । १० बर्षअघि उनी नेपाल बस्ने गरी आएका थिए । ३३ बर्षको उमेरमा नेपाल आएका उनी १० बर्षसम्म विद्यालय यात्रा गरेकै थिएनन् । केही बर्ष उनी काशीमा भौतारिएर हिडेका थिए । जिन्दगीमा निकास ननिस्केर उनले आत्महत्यासमेत गर्ने सोच बनाएका थिए । भागिरथी नदीमा आत्महत्या गर्नका लागि हाम फालेका उनी उनकै शब्दमा भगवानको कृपाले बांचेका थिए । यो जीबनयात्रामा उनको पीएचडी गर्ने अवधि देखिदैन । स्रोतले दिएको जानकारी अनुसार उनी भारत रहंदा साधुसन्तको संगतमा रहने मौका पाए । योगसाधना र जडीबुटीका बारेमा जानकारी लिए । जडीबुटीका बारेमा उनीसंग राम्रै दख्खल भएपनि उनी बाहिर प्रचार गरिएजस्तो पिएचडी डाक्टर होइनन् । अब के ? क्वाक डाक्टरको अप्रेशन चलाइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले आयुर्वेदिक चिकित्सकको प्रमाणपत्रमाथि पनि अनुसन्धान भइरहेको जनाएको छ । प्रवक्ता एंव प्रहरी उपरिक्षक दिवेस लोहनीले को माथि अनुसन्धान भइरहेको बताउन नमिल्ने बताए । उनका अनुसार मुद्धाको प्रथामिकताका आधारमा अनुसन्धान गर्ने गरिएको छ । सिद्धबाबाको प्रमाणपत्रमाथि अनुसन्धान भएनभएको बारेमा जानकारी दिन नमिल्ने बताएका लोहनीले उजुरी परेको भए जोसुकैमाथि निगरानी राखिने स्पष्ट गरे । सिद्धबाबासंग उनको प्राज्ञिक प्रमाणपत्रका बारेमा सोध्नका लागि पछिल्लोपटक गरिएको सम्पर्क सफल हुन सकेन । उनको प्रमाणपत्रमाथि लागेको प्रश्नको उत्तर दिन सक्ने सबैभन्दा उपयुक्त व्यक्ति उनी आफैं हुन् । उनले प्रमाणपत्र सार्वजनिक गरेमा उनीमाथि उठाइएको प्रश्न आफैंमा अनुचित ठहरिनेछ । होला त अनुसन्धान ? कृष्णदास महाराज सुनसरीको चतरालाई केन्द्र बनाइ आर्युवेद र योग अभ्यासमा सक्रिय छन् । उनी आर्युवेद विश्वविद्यालय बनाउने उद्देश्यसहित नेपाल फर्किएको बताउंछन् । उनका सयौं अनुयायीपनि छन् । यस्ता व्यक्तिले प्रमाणपत्रकै बारेमा झूटो बोले होलान् त ? धेरैको मनमा उठ्ने स्वभाविक प्रश्न हो । उठेको प्रश्नको जवाफ उनी आफैंले स्पष्टरुपमा नदिएमा भालिका दिनमा उनीप्रति थप प्रश्न तेर्सिदै जानेछ । तसर्थ, उनले उनीमाथि कानूनी अनुसन्धान शुरु हुनुपूर्व नै यसबारेमा स्पष्ट गर्नु उचित हुने देखिन्छ । उनी आफैंले यसको स्पष्ट जवाफ नदिएमा उनीमाथि अनुसन्धान नहुने तर आशंका कायमै रहने देखिन्छ । उनको राजनीति र सुरक्षा निकायको माथिल्लो तहसम्म प्रभाव बलियो छ । उनी पोखरामा नौ दिने समाधीमा रहंदा प्रधानमन्त्री केपी ओली र प्रधानसेनापति राजेन्द्र क्षेत्री समाधीस्थल पुगेका थिए । प्रचण्ड प्रधानमन्त्री हुंदा चतरा पुगेर उनले आयोजना गरेको कार्यक्रमको उद्घाटन गरेका थिए । उनको पहुंच र प्रभावले उनीमाथि अनुसन्धान हुने सम्भावना कम रहेको बताइन्छ । र, योपनि ► के हो क्वाक अपरेशन ? वास्तविक अर्थ थाहा पाइराख्नुहोस् ► कृष्णदास महाराजः महायोगी कि महाढोंगी ? (भिडियो सहित)

krishna dash maharaj krishna dash maharaj nai quack quack