अर्थ ताजा खबर समाचार

बजारमा पेट्राेल अभाव

बजारमा पेट्राेल अभाव
असार - १९ । नेपाल आयल निगमले मागभन्दा कम पेट्रोल वितरण गरेपछि आइतबार बजारमा पेट्राेलियम पदार्थ अभाव भएकाे छ। petrol pump नारायणगढ - मुग्लिङ सडकखण्ड अवरुद्ध भएकाे कारण देखाउँदै  निगमको थानकोट डिपोले शुक्रबार चार लाख लिटर मात्रै पेट्रोल वितर०ा गरेका थियाे । शनिबार सार्वजनिक विदा भएकाले निगमले पेट्रोलियम पदार्थ दिएन । कम परिमाण पेट्राेल वितरण गरेकाले बजारमा पेट्राेलकाे अभाव भएको हो। तर निगमले आइतबार सवा ६ लाख लिटर पेट्रोल दिएको छ। आइतबार दिएको पेट्रोलले बजारको अभाव समाधान हुनेछ । निगमको थानकोट डिपोमा पेट्रोलको भण्डारण क्षमता कम भएकाले एक दिन तेल काठमाडौं नआउँदा पनि समस्या हुने गरेको छ । निगमको थानकोटको पेट्रोल भण्डारण क्षमता २५ लाखको हाराहारीमा मात्रै छ। 

petrol abhab