कर्पोरेट शेयर

जलविद्युत् आयोजनामा शेयरबिक्री खुला

जलविद्युत् आयोजनामा शेयरबिक्री खुला
  असार - १९ । युनिभर्सल पावर कम्पनीले सर्वसाधारणलाई कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनामा शेयर लगानी गर्न आह्वान गरेको छ । कम्पनीले पाल्पा र रुपन्देहीका उद्योगी, व्यावसायी, प्राध्यापक, संघसंस्थाका प्रतिनिधिहरुलाई कम्पनीको शेयरबिक्री खुला रहेको जानकारी दिएको छ । Kerr Damदोलखाको चंखु र खारे गाविसमा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजना सञ्चालन गरेको कम्पनीका वित्त व्यवस्थापक प्रभुलाल अधिकारीले जानकारी दिए । २ अर्ब ४ करोड रुपैयाँमा निर्माण गर्न लागिएको हो । जलविद्युत् आयोजना ३ वर्षमा पूरा गरिने अधिकारीले बताए । परिवर्तनीय अग्राधिकार शेयर लगानी खुला गरेको छ । उक्त शेयर खरीदका लागि कम्तिमा १ लाख रुपैयाँ लगानी गर्नुपर्ने उनी बताउँछन् । एक दशक उर्जामा लगानी रहेकोले यो क्षेत्रबाट लगानीकर्तालाई आकर्षित गर्न सकिने भएकोले सर्वसाधारणको जानकारी दिलाउन पनि कार्यक्रम आयोजना गरिएको खड्काले बताए । कम्पनीले लमजुङ्ग, दोलखा, रुकुम र संखुवासभामा ४५ मेगावाटको जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेको जनाएको छ ।

Share Lagani