अपराध सुरक्षा ताजा खबर समाचार

झुलाघाट नाकाबाट तीन किशोरको उद्धार

झुलाघाट नाकाबाट तीन किशोरको उद्धार

असार - १९ । बैतडीको झुलाघाट नाकाबाट प्रहरीले तीन किशोरको उद्धार गरेको छ ।

udharजिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार जिल्लाको मल्लादेही–८ का १६ वर्षीय वीरेन्द्र धामी, सोही ठाउँकै १६ वर्षीय विनोद धामी र कोटिलाका १६ वर्षीय वीरेन्द्र जोशीलाई उद्धार गरिएको हो । 

किशोर हराएको भन्दै उनीहरुका अभिभावकले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा खोजिदिन आग्रह गरेका थिए । अभिभावकले दिएको निवेदनका आधारमा प्रहरीले सीमा क्षेत्रमा जाँच कडा पारेको थियो । 

बिहान शङ्का लागेर अनुगमन गर्दा सीमा प्रहरी चौकी झुलाघाटबाट खटिएको प्रहरी टोलीले सीमा पुलमा उनीहरुलाई भेटाएको हो । प्रहरी नायब उपरीक्षक पोखरेलले भने, “उनीहरु कामका लागि भन्दै भागेर भारत जान लागेका भन्ने बुझिएको छ ।” 

उनीहरु कक्षा १० मा अध्ययनरत रहेका बताइएको छ । उद्धार गरिएका किशोरलार्ई आफन्तको जिम्मा लगाइसकिएको प्रनाउ पोखरेलले बताए । रासस

Baitadi

विशेष

ADVERTISEMENT