देश

बेथितिविरुद्ध गोविन्द केसी पुनः सडकमा

बेथितिविरुद्ध गोविन्द केसी  पुनः सडकमा
  dr-gobinda-kc साउन -१५ । स्वास्थ्य र शिक्षा क्षेत्रका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बसेका डा गोविन्द केसी शनिबार आफ्ना समर्थकका साथमा प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा‍‍ केसीका समर्थकले स्थास्थ्य र शिक्षा क्षेत्रका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उनीविरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागी केसीले आफ्ना समर्थकसँगै नारा लगाएका थिए । उनका समर्थक विद्यार्थी लगायतले ‘डा केसी एक्लो छैन, हामी तिम्रो साथमा छाैँ’जस्ता नारा लगाएका थिए । प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा डा केसीले आफूसँग सरकारले गरेकोे सहमति उल्लङ्घन हुने सङ्केत देखिएको बताए । सबै नेपालीको गुणस्तरीय शिक्षामा पहुँच होस्, पैसा बाधक नहोस् भनी आफूले आन्दोलन गरेको जानकारी दिएका थिए । उनले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाप्रमुखले आफ्नो क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको र संविधानभन्दा माथि गएर सत्ता चलाइरहेको आरोप लगाए । सभामा डा जीवन क्षेत्री, रञ्जु दर्सना, सिर्जना विश्वकर्मा र अस्मिना रञ्जितले केसीले उठाएका माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताएका छन् । रासस

Dr. Gobinda Kc nepal andolan