देश पर्यटन समाचार

पाटे बाघको संख्यामा सुधार

पाटे बाघको संख्यामा सुधार

tiger साउन १५ । वन्यजन्तु आरक्ष र राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको पाटे बाघ सुधारोन्मुख अवस्थामा रहेको छ ।

चोरी सिकारी नियन्त्रणका लागि प्रतिरोध इकाई गठन, परिचालन, पाटेबाघको प्रशस्त आहारा र बस्नका लागि उपयुक्त ठाउँको व्यवस्था गरिएपछि बाघको संख्या पछिल्लो केही वर्षयता सुधारोन्मुख अवस्थामा पुगेको हो ।

आरक्ष तथा निकुञ्ज वरपरका क्षेत्रमा पाटे बाघको बासस्थानका रुपमा रहेको घना पतझर जङ्गल, घाँसे मैदान, सालको वन र उष्ण प्रदेशीय वनले गर्दा बाघ संरक्षणमा टेवा पुगेको हो ।

आरक्ष र निकुञ्ज क्षेत्रहरुमा पाटे बाघले मन पराउने आहारा मृग, बदेँल, गौर, बाँदर र निलगाईको संख्या प्रशस्त रुपमा रहेकाले बाघको सङ्ख्या सुधारोन्मुख अवस्थामा पुगेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु ९ अनुसूची १० मा सूचीकृत रहेको पाटे बाघ विश्वमै सबै भन्दा आकर्षक र सुन्दर जनावरको श्रेणीमा पर्दछ ।

chitwan nattional park Tiger in nepal