अपराध सुरक्षा

जङ्गली प‌‌‌‍क्षीको भुत्ला अवैध तस्करी गर्ने दुई व्यक्ति पक्राउ

जङ्गली प‌‌‌‍क्षीको  भुत्ला अवैध तस्करी गर्ने दुई व्यक्ति पक्राउ
jail 1 साउन -१४ । अवैध रुपमा जङ्गली पक्षीको भुत्ला बसमा लगिँदै गर्दा प्रहरीले दुई व्यक्तिलाई शुक्रबार गरेको छ । धरानबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १५२३ नंको बसमा करिब सात बोरामा राखिएको जङ्गली पक्षीको भुत्ला लगिँदै गरेको अवस्थामा सप्तरीको कञ्चनरुप नगरपालिकाको राजमार्गमा तिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–९ निवासी सुवेदारप्रसाद गुप्ता र पिन्टु गुप्ता रहेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।  बरामद गरिएको पक्षीको भुत्ला र अभियुक्तलाई जिल्ला वन कार्यालयमा बुझाइएको छ । रासस Nepal Police nepali crime Pakrau

विशेष