मनोरञ्जन समाचार

नेपाली विज्ञापनलार्इ ‘क्रिएटिभ कन्साइन्स अवार्ड २०१६’

नेपाली विज्ञापनलार्इ ‘क्रिएटिभ कन्साइन्स अवार्ड २०१६’

साउन – १४ । नेपाली सामाजिक विज्ञापन ‘साबुनम्यान’ले लन्डनमा रहेको क्रिएटिभ कन्साइन्स नामक संस्थाले आयोजना गर्दैै आएको ‘क्रिएटिभ कन्साइन्स अवार्ड २०१६’को विज्ञापन विधामा उत्कृष्ट अवार्ड जितेको छ ।

संस्थाले आफ्नो वेबसाइटमा ‘साबुनम्यान’ले उत्कृष्ट अवार्ड पाएको उल्लेख गरेको छ । नेपाली समूहले पाएको यो अवार्ड अहिलेसम्मकै पहिलो हो । आयोजकका अनुसार चेतनामूलक कामबाट योगदान पु¥याउने टेलिभिजन कमर्सियललाई अवार्ड दिइने गरिन्छ । अल्मोडा राना उपे्रतीको लेखन र गायनको विज्ञापनमा ‘किन उड्छ साबुन म्यान’ गीत प्रस्तुत गरिएको छ ।

उनीहरुले हात धुनुको महत्व दर्शाउँदै सामान्य बानीले मानिसलाई कसरी सुपरहिरो बनाउँछ भन्ने कुरा विज्ञापनमा प्रस्तुत गरेका छन् । यो विज्ञापन हेल्प नेपाल टुडेले गत अप्रिलमा विनय श्रेष्ठ र मेनु्का प्रधानको अभिनय, प्रवण जोशीका निर्देशन, मानस सुवालको छायांकन र सुशील न्यौपानेको सम्पादनमा तयार पारेको थियो ।

award bigyapan