ताजा खबर प्रवास रोजगार समाचार

गोर्खा नभए आनन्दले निन्द्रा लाग्दैन

गोर्खा नभए आनन्दले निन्द्रा लाग्दैन

Gurkhas

काठमाडौं, साउन १४ । अफगानिस्तानको काबुलस्थित विदेशी नियोगका कूटनितिज्ञहरुले आफू बस्ने र काम गर्ने भवन अगाडि गोर्खा नेपाली नभएर चैनले बस्न र आनन्दले निदाउन नसक्ने बताएका छन् । अधिकांश विदेशी कूटनितिज्ञहरुले गोर्खाकै कारण आफूहरुले ‘थप’ सुरक्षित महसुस गरेको थप जानकारी त्यस्तो बताएका हुन ।

शनिवार काबुल पुगेको श्रम मन्त्रालयको एक टोलीसँग कुरा गर्दै उनीहरुले निदेशी कूटनितिज्ञ तथा कर्मचारीहरुको सुरक्षा गर्न त्यहाँपुगेका नेपाली सुरक्षामा भएको कमजोरी सच्याउन तयार रहेको आश्वासन दिएका छन् । टोली पाँच दिने भ्रमण सकेर बिहिबार काठमाडौं फर्किएको छ । असार ६ गते तालिवानको आक्रमणमा परी काबुलस्थित क्यानडेली दूतावासको सुरक्षामा खटिएका १३ नेपालीको ज्यान गएको थियो । यसपछिको अवस्थाबारे बुझ्न श्रमको टोली काबुल पुगेको हो ।

क्यानडेली दूतावासले नेपालीहरुको बसोबास र आवतजावतमा गरेको हेलचेक्र्याँइले गोर्खाको मनोबलमा असर परेको भन्दै त्यसमा सुधार गर्न तयार रहेको उनीहरुले बताए । अफगानस्तिानका लागि क्यानडाका राजदूत डेवोरा ल्योन्सले त्यो घटेना आफूहरु विचलित भएको भन्दै सबै क्षेत्रको सुधारमा लागेको जानकारी गराए । नेपालीहरुले पाउने क्षतिपूर्ति र अरु सुविधा बारे छलफल भइरहेको उनले टोलीलाइ जानकारी गराए । तर, काबुलमा मारिएका १३ नेपालीलाई क्षतिपूर्ति दिने विषयमा भने क्यानडा अहिले सम्म मौन छ । क्यानडाको लागि खटाइएको सु्रक्षा कम्पनिले भने पाउने क्षतिपूर्ति विमा लगायत उपलब्ध गराउने बताईसकेको छ ।

श्रम मन्त्रालयकी सहसचिव आभा श्रेष्ठको संयोवकत्वमा रहेको टोलमिा अध्यागमन विभागमा महानिर्देशक केदार न्यौपाने, नेपाल प्रहरीका एसपी प्रकाशजंग कार्की, वैदेशीक रोजगार प्रवद्र्धन बोर्डकी निर्देशक निर्मला थापा, पाकिस्थानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्याल छन् । ‘अवैध बाटोबाट अफगास्तिान आउने नेपालीको अवस्था बुझ्ने काम भैरहेको छ । श्रम स्विकृतिमा अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्न आउनेहरुको अवस्था भने राम्रै देखियो’,श्रेष्ठले भनिन्, ‘ सबै विदेशीले गोर्खा हुंदा आफूहरु ढुक्क हुने बताए ।’ उने सुरक्षामा नेपालीहरु तेस्रो पंतिमा बस्ने हुनाले तत्काल हुने आक्रमाणको असर नेपालीलाइ नपर्ने पनि बताइन् ।

टोलीका सदस्य अध्यागमन विभागका महानिर्देशक न्यौपानेले पनि यहाँ नेपालमा हल्ला गरिएको जस्तो अवस्था नभएको बताउँदै भने, ‘कूटनितिक नियोगहरुका भिात्र नै बस्ने व्यवस्था हुँदा समस्या हुँदैन । त्यँहा पठाउन सक्नु पर्छ । तर विविध माध्यमबाट आउनेको भने समस्या देखिने ।’ तर पनि महिनाको कम्तिमा एक लाखदेखि बढिमा ४ लाख भन्दा माथिसम्म कमाई रहेको पनि उनीहरुले बताए । नेपाली बसेको स्थानबाट क्यानडेली दूतावास सुरक्षामा सामान्य बसमा लगिँदा भएको हमलामा नेपालीले ज्यान गुमाएको भन्दै राम्रो सुरक्षा व्यवस्था हुन समस्या नपर्ने उनले बताए । ‘यसलाई मध्यनजर गर्दै काबलुस्थित अन्य आयोग र संस्थाका व्यतिmहरुले गोर्खा ‘सप्लाई कम्पनी’हरुलाई यसमा सचेत रहन भनेका रहेछन्,’ श्रेष्ठले भनिन् ।

अहिले नेपाली सुरक्षा कर्मीलाई सुरक्षित ‘आर्म भेहिकल’ मा लाने ल्याउने गरेको जानकारी पनि टोलीलाई गराएको छ । टोलीले काबुलमा रहेका नेपाली बाहेक क्यानडा, बेलायत, अमेरिका, संयुत राष्ट्रसंघ र युरोपेली नियोगका अधिकारीहरुसँग पनि छलफल गरेको थियो । सबै छलफलमा नेपाली गोर्खा हामीलाई आवश्यक रहेको उनीहरुले बताए । गोर्खाको सुरक्षाको प्रबन्ध राम्रोसँग गर्ने पनि उनीहरुले बताए । अफगानिस्तानमा अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइरहेको पनि श्रेष्ठले बताईन् ।

अवैध रुपमा आएका कतिपय नेपनलीको बासस्थान र अन्य जाकारी नहुँदा समस्या हुने गरेका पनि उनले बताइन् । यी सबै विषयमा टोलीले सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उनले बताइन । नेपालीलाइ अफगानिस्तान सरकारले गर्ने सम्मान राम्रो रहेको भन्दै टोली सदस्य श्रेष्ठले सुरक्षित स्थान नेपालीलाई पठाँउदा समस्या नहुने समेत बताइन् । अफगानिस्तानमा नेपालीको राम्रो कमाइ रहेको उल्लेख गर्दै उनले भनिन्,‘ कानुनी बाटोबाट जानेहरुका लागि त्यँहाको अवस्था हामीले नेपालीमा सोचेको भन्दा राम्रो रहेछ ।’

Gurkhas in Afaganistan